Section 32
खरिद मूल्यसम्बन्धी धितोको हकको सूचना
धितो दिने व्यक्तिले मालसामान बुझिलिएको पाँच दिनभित्र कुनै व्यक्तिले त्यस्तो मालसामानको खरिद मूल्यसम्बन्धी धितोको हकको सम्बन्धमा सूचना दर्ता गराएमा धितोको हक आबद्ध भएको र सूचना दर्ता भएको समयको बीचमा त्यस्ता मालसामानउपर सृजना भएको खरिदकर्ता, पट्टा लिने व्यक्ति वा लियन होल्डरको अधिकारउपर त्यस्तो धितोको हकले प्राथमिकता पाउनेछ ।